२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरको साइकल लेनमा अनगिन्ती अवरोध (तस्विरहरु)


४ पुस २०७७, शनिबार  

0
Shares


ललितपुर खबर
४ पुस ०७७, पुल्चोक । जावलाखेलदेखि कुपण्डोलसम्म बनाइएको साइकल लेनको ललितपुर महानगरले धुमधामसँग शुभारम्भ ग¥यो । अखवारका पानाहरु लामो समयसम्म प्रचारका अक्षरहरु खर्च गर्दै रंगिए ।

तर ललितपुर खबरको लेन्सबाट हेर्दा यो साइकल लेनको अवस्था कन्तविजोक देखिएको छ । साइकल लेन बनाइएको स्थान भकेत्को ढुंगालगायत विभिन्न अवरोधहरु राखिएको पाइएको छ ।
साइकल लेनमा थुपै्र खाल्टाहरु छन् । भत्केको सडकबाट धुलो उडिरहेको देख्न सकिन्छ । साइकल लेन मिचेर सार्वजनिक सवारी चलाउने प्रवृति पनि उत्तिकै देखियो ।


चार लेनको साँधुरो बाटोमा साइकल लेन बनाए आफूले केही गर्न सक्ने ट्राफिक प्रहरी सडक विभाग लगायतका निकायले बताउदा बताउदै महानगरका प्रमुख चिरीबाबु महर्जनले साइकल लेन बनाउदा समस्या गरेको सामाजिक विकाश समितीका संयोजक तथा ३ नं.वडाध्यक्ष श्री गोपाल महर्जन बताउछन् । भन्छन्, हुँदा खाँदाको चार लेनको सडकमा साइकल लेन बनाउदा बनाउदा ट्राफिक जाम भएको छ । कुपण्डोलबाट पुल्चोकसम्म सधै जाम हुने सडकमा साइकल बनाउनु नै गलत छ ।’


साइकल लेनको अवरोध हटाउने अझ व्यवस्थि तगर्न महानगरले पहल गर्ने महानगरकी उपप्रमुख गिता सत्यालले बताइन् । भनिन्, ‘ठूला सडक हेर्ने जिम्मेवारी महानगरको होइन हामी समन्वय गरेर तत्काल हटाउनेछौं ।’
आर्थिक वर्ष ०७६÷७७ को बजेटको शिर्षक न ३०४० मा ५० लाख बजेट विनियोजन गरिएको थियो ।
तस्विरहरु ः ललितपुर खबर

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ३५ बजे