१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनमा लुकी लुकी व्यापार, जनजीवन कष्टकर




ललितपुर खबर
१० जेठ ०७८, पाटन । कोरोना माहामारुपिछि संक्रमण बढ्दै जाँदा २५ दिनअघि सुरु भएको निषेधाज्ञाका कारण राजधानीको जनजीवन कष्टकर बन्दै गएको छ ।
राजधानकिा काँठ क्षेत्र आँशिक मात्रामा खुलेको भए पनि शहरी क्षेत्रका निम्न तथा मध्यम बर्गका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको हो ।


लामो समय बन्दपछि विहान बेलुका खान नै समस्या भएपछि ललितपुर पाटन क्षेत्रका कतिपय पसल व्यावसायहरु लुकी लुकी खुल्न थालेका छन् । ललितपुर मंगलबजारमा आधा सटर खोलेर पसल खोलेको अवस्थामा भेटिएकी एक महिला दैनिक समस्या धान्न नै नसक्ने अवस्था आएपछि पसल आधा सटर खोल्न थालेको बताइन् । पाटन दरवार नजिकै अर्का पुरुष चामल खान पैसा नभएरपछि साग बोकेर डुल्ने गरेको बताए । भने, प्रहरी देखे भोला बन्द गर्छ नत्र खोलेर बेच्छु ।
सौगल भेटिएकी महिला लामो समयदेखि आफ्नो कपडा पसल बन्द गर्दा विहान बेलुका खाने समस्या पर्न थालेको बताइन् । भनिन्, ‘पहिलेजस्तो कसैले चामल बाडेको देखेको छैन । कहाँ माग्न जानु समस्या भयो ।’
पछिल्ला दिनमा पाटनका सडकमा आउने मानिसको संख्या पनि उल्येख्य रुपमा बढ्दै गइरहेको छ । पाटन दरवार, मच्छिन्द्र बहाल,कुम्मेश्वरलगायतका ठाँउमा स्थानीयहरु बस्ने र कुराकानी गरिरहेको देख्न सकिन्छ ।
पाटनका मुख्य बजार भने पूर्णतया बन्द छन् । विहान १० बजेसम्म खाद्यान्न लगायतका पसलसँगै केही अरु पसलपनि लुकिचोरी खुल्न थालेको छ ।

गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयका कामु प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले वैशाख २९ गतेदेखि दोश्रो पटक ै जेठ १३ गते १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस अवधिमा अत्यावश्यक सेवा लिदा बाहेक बाहिर ननिस्कन र बजार पसल नखोल्न आदेश छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।