२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मैलुङखोलाको आइपीओ खुल्ला, कति दिने आवेदन




१४ असार ०७८, काठमाडौं । मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ ।
बिहीबारदेखि खुलेको कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  २ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।