१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट




१७ भदौ ०७८,काठमाडौं । आज साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ । बिहीबार सेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको सेयर बजार बिहीबार पुनः उच्च अंकले गिरावट आएको हो ।
हिजो १.१४ अंकले नेप्से बढेको थियो । आज १.६८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९२६.८९ अंकमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजारमा कुल एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता सेयर किनबेचबाट कुल नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।
आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स र लगानी समूहमा तीन अंकभन्दा माथिको गिरावट आएको छ भने बाँकी सबै समूहका सूचकहरु शून्यदेखि एक अंकको हाराहारीमा आरालो लागेका छन् । आज सबै समूह रात्ताम्मे भएको छ ।
सबैभन्दा धेरै कमाउनेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनी ३०.९० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै घाटा व्यहोर्नेमा व्यहोर्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । कम्पनी ७८.९० अंकले घाटामा गएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।