२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मनकामना केवलकार आइतबारदेखि खुल्दै, मन्दिर पनि खोल्ने तयारी निर्णय हुँदै



१८ भदौं ०७८, काठमाडौं । काेराेना संक्रमणका कारण बन्द भएको मनकामना केवलकार आइतबारदेखि संचालनमा आउने भएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर केवलकार संचालनमा ल्याउन लागिएको हो । चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार इ-सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरिएको छ। इ-सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।

कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकेको छ। मनकामना मन्दिर खोल्ने विषयमा जिल्ला प्रशासन कार्यालय गोरखाले छिट्टै निर्णय लिने जनाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।