
२६ कात्तिक ०७८, भक्तपुर । केन्द्रीय तथ्याङ्क विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरमा विहीबार जनगणना गरेको छ ।
अध्यक्ष ओलीको उपस्थितिमा श्रीमती राधिका शाक्यको घरमूलीका हैसियतमा सूर्यविनायक नगरपालिका २, बालकोटस्थित निवासमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकको उपस्थितिमा गणना गरिएको हो ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले महिला घरमूली भएर गणना गराइनु फरक आयाम थपिएको र आजको राष्ट्रिय जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको बताए । विहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय जनगणनाको शुभारम्भ भएको थियो ।
२६ कार्तिक २०७८, शुक्रबार
0
Shares







प्रतिक्रिया