२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


हरिसिद्धि सडक कालोपत्रे गर्न स्थानीयसँग सडकमै लिखित सहमति (तस्विरहरु)



७ मंसिर,०७८, ललितपुर । ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएको छ ।ना

हरिसिद्धि सडक खुलाउन सोमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् ।सहमति अनुसार आज मंगलबारबाटै कामदार बढाएर काम सुचारु हुने सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसीले बताए ।
डिभिजन सडक कार्यालयका प्रमुख पाण्डेले समयमा काम पुरा नगरे ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गरिने बताए ।
वडाध्यक्ष महर्जनले यही २५ गतेसम्म प्रतिबद्धता अनुसार सडकको काम नभए फेरि स्थानीयले बन्द गर्ने धम्की दिएको बताए । सहमति अनुसार २ किलोमिटर सडक कालोपत्रे हुनेछ । न्युज कारखा

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।