१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पशुपतीका पर्खालमा शिव पार्वतीको चित्र कोरेपछि देखियो सुन्दर(तस्विरहरु)



११ फागुन ०७८, काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपती क्षेत्रको पर्खालमा शिव पार्वतीसहित भगवानको पेन्टिङ बनाइएपछि सुन्दर देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो ।


शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।


यहाँ विभिन्न भगवानहरुको चित्र सँगै पर्खाल र रेलिङमा रंग लगाउने काम भइरहेको छ । यो वर्ष शिवरात्रीमा पशुपति क्षेत्रलाई फुलै फूलले सझाउने कार्यक्रम समेत रहेको बताइएको छ ।


न्युज कारखाना

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।