१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न



भैरहवा स्थित गौतमबुद्ध विमानस्थल एरो थाईको जहाज ।

१५ फागुन ०७८, भैरहवा । भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ ।
योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिएकाछन् । एरो थाईको जहाजले क्यालिब्रेशन उडान गरेको हो । यो उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान हुन्छ । आगामी वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान, जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने महानिर्देशक अधिकारीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले छिटोभन्दा छिटो व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने निर्देशन दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।