
२५ फागुन ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२४ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार ९२ वटा नमुनामा परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज २५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६९२ पुगेको छ ।
आज मृत्यु हुनेको संख्या भने शून्य छ । मंगलबारसम्म नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।







प्रतिक्रिया