
२६ फागुन ०७८, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार दुर्घटनामा घाइते पाँच जनालाई हेलिकप्टर मार्फत धरान पठाउन लागिएको छ ।
बिहीबार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मादी ठेगाना भएका ४८ वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीय तुलसा कटवाल, १७ वर्षीय करिस्मा तामाङ, २४ वर्षीय सुवास तामाङ र २४ वर्षीय युका पोखरेल घाइते छन् ।







प्रतिक्रिया