११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु




२८ फागुन ०७८, चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामनमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हँुदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवनको इच्छाकामना ३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना २ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् ।
मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।