११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फुङ्लिङमा आगलागीबाट रु ६९ लाखभन्दा बढी क्षति   



२८ फागुन ०७८, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ ।

ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए ।

शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।