११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत



३० फागुन ०७८, काठमाडाैँ ।  पछिल्लो २४ घण्टामा नेपालमा ५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५० जना र एन्टिजन परिक्षण गर्दा ८ जना गरि जम्मा ५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १४८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४१८ जनाले कोरोना परिक्षण गरेका थिए भने ९२ हजार ४८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ जना रहका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।