११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हराएका २१ सवारीसाधन सम्बन्धित धनीलाई



३० फागुन ०७८, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ वटा सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

सोमबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरे।

करिब एक महिनाको अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २१ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्दै महाशाखा प्रमुख एसएसपी उमेश राज जोशीले विभिन्न कारणले सवारी हराउने र चोरी हुने गरेको बताए।

‘सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकल र स्कुटर उनीहरुले चाँडै चोरी हाल्न सक्दैनन्।’

उनले थपे, ‘लाखौँ रुपैयाँ खर्च गरेर मोटरसाइकल किन्नुहुन्छ, त्यसको सुरक्षाका विषयमा त्यत्तिकै संवेदनशील बन्न आग्रह गर्छु।’

ट्राफिक प्रहरीका अनुसार सवारीचालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनुलगायतका कारण मोटरसाइकल चोरी बढेको हो।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।