११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लाइसेन्स को आवेदन फारम बन्द हुने



३० फागुन ०७८, काठमाडाैँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन फारम बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै भोलिदेखि लाइसेन्सकाे फारम बन्द गर्ने निर्णय गरेकाे हाे । यातायात विभागले हालसम्म परेको आवेदनको कारवाही यथासक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि आवेदन बन्द गरिएको जनाएको छ ।

तीनदेखि चार लाखको हाराहारीमा फारम भरेका सेवाग्राही परीक्षाको पर्खाइमा रहेकोले बन्द गर्नुपरेकाे विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी दिए ।

उनले फारम रोकेर सबैको परीक्षा लिइसकेपछि फारम खुलाउँदा एक हप्ताभित्र सबै प्रक्रिया पूरा गर्न मिल्नेगरी तयारी गरिरहेका बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।