११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आठ महिनादेखि विद्युत् अवरुद्ध,अन्धकारमा बस्न बाध्य




१ चैत्र ०७८, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ ।
साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन ।
उक्त विद्युतको नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।रासस

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।