११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विश्व किर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान




२ चैत ०७८, लण्डन । बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई उच्च सम्मान प्रदान गरेको छ ।
पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।
सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७ औं व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा विश्वले नै गर्व गर्न लायक धरोहर भएको भन्दै बधाइ दिईन् । निर्मल पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् । निर्मल इष्ट्ली बरोकै बासिन्दा हुन् ।
निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत हुन् । उनले दुई वर्षअघि सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । पुर्जामा आधारित रहेर तैयार पारिएको वृत्तचित्र नेटफ्लीक्समा ट्रेन्डिङमा पर्न सफल भएको थियो ।
एसोसिएसन अध्यक्ष कमल पूर्जाले निर्मलले उक्त सम्मान पाएर नेपाली समुदायको शिर उचो बनाएको बताए ।

समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरु आदिको सहभागिता थियो ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।