११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम विग्रदै, वर्षाको सम्भावना




६ चैत ०७८, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा पनि आंशिक बदली रहने छ ।
पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
राति पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।