११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार




१० चैत्र ०७८,काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल( प्याब्सन)ले पत्रकार ईश्वरराज ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार २०७८ प्रदान गरेको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्याब्सनको १५ औ महाअधिवेशनमा पत्रकार ढकाललाई सम्मान गरीएको हो ।
कार्यक्रममा प्याब्सनका पुर्वअध्यक्ष एवं सल्लाहकार राजेश खड्कालाई डोलराज पाण्डे,सानु अमात्य, प्याब्सन गौरब, बिएन शर्मा,नारायण अधिकारी र सरोज रायलाई प्याब्सन रत्न पदकबाट सम्मान गरीएको थियो ।
उनलाई सम्मानपत्र र २५ हजार नगद सहित सम्मान गरीएको हो । सम्मान कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले निजी शिक्षाक्षेत्र उन्नयनको लागि निजी विद्यालयले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।
विगत दुई दशकदेखि शिक्षा पत्रकारीता पेशामा लागेका पत्रकार ढकाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले सम्मान गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले अब निजी विद्यालयकै कारण शिक्षा क्षेत्रको विकास भएको दाबी गरेका छन् । उनले संस्थालाई थप प्रोफेसनल बनाएर लौजानुको विकल्प नभएको धारणा व्यक्त गर्दै त्यसको लागि सबैको एकमत हुनुपर्ने बताए । कार्यक्रममा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले लगानीको संरक्षण, सम्पत्तीको सुरक्षा, छात्रवृतिमा भएको विभेद हटाउनुपर्ने बताए ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।