११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कपिलवस्तुमा शुक्रबार साँझ डुंगा पिङ दुर्घटना, १४ जना घाइते




११ चैत्र ०७८, कपिलवस्तु । कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
शुक्रवार साँझ भएको दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताएका छन् ।
गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं. ९ का आकृति खनाल रहेका छन् । यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नं. ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं.८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।