
१७ चैत्र ०७८, पर्सा । पर्साको पोखरिया–लंगडी सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।
पोखरिया नगरपालिका–३ मा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।
घाइते भएका धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतोकाे स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया