१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई छोराछोरी बोकेर पोखरीमा हाम फाल्ने आमा जिउँदै,छोराछोरीको मृत्यु



फाइल तस्विर

१९ चैत्र ०७८, महोत्तरी । महोत्तरीको औरही नगरपालिका १ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो ।
महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई गएराति नै मृत घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ ।
प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।