२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सिन्धुपाल्चोकमा ग्यास पड्कियाे, ३ बालबालिकाको मृत्यु



फाइल तस्बिर

२० चैत ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ रहेका  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरुको उमेर १० वर्ष, ६ वर्ष र साढे २ बर्ष रहेको छ ।

किराना पसलसँगै रहेको खाजा घरमा ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।