
२१ चैत्र ०७८,काठमाडौ । दिनको एक कप चिया पिउन कटौती गरेर त्यस बापतको रकम असहायहरूलाई आँखाको ज्योति प्रदान गर्न प्रदान गर्ने अभियानका अभियन्ताहरुलाई सम्मान गरिएको छ ।
वरिष्ठ गायिका आनी छोइङ डोल्माको प्रमुख आतित्थ्यमा काठमाडौँको टेकुमा एक कप चिया दान अभियानका दाता तथा सहयोगीहरूलाई स–सम्मान प्रमाण–पत्र प्रदान गरिएको हो ।
अभियानका अध्यक्ष नेत्र विज्ञ सिद्धार्थ रञ्जित,बालरोग विज्ञ डा. उर्मिला शाक्य, इञ्जिनीयर भरत लाल श्रेष्ठ, अभियानका महासचिव रोशन राज महर्जन र कोषाध्यक्ष शर्मिला डङ्गोल लगायतले शुभकामना मन्तव्य तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा “एक कप चिया दान अभियान“ सम्बन्धी गीत र वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो।








प्रतिक्रिया