
२१ चैत ०७८, ललितपुर । ललितपुर इमाडोलस्थित किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई खेताला परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले एमबीबीएस प्रवेश परीक्षामा खेताला परीक्षार्थी बनेका किस्ट मेडिकल कलेजमा प्रथम र तेस्रो वर्षमा अध्ययनरत तीनसहित पाँच जनालाई पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको सम्सी घर भई किस्टमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय अमर पण्डित, प्रथम वर्षमै अध्ययनरत सर्लाही चक्रघट्टाका २२ वर्षीय अनिकेत चौधरी, तेस्रो वर्षमा अध्ययनरत सप्तरी राजगढका २६ वर्षीय रामआशिष यादव, भारत विहारका इस्तियाख अहमद र आफ्नो नाममा अर्कैलाई परीक्षा दिन लगाउने महोत्तरी सम्सीका २३ वर्षीय सन्नीकुमार साह छन् ।








प्रतिक्रिया