
२३ चैत्र ०७८, काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर २५२ एटीआर ७२ जहाज नेपालगञ्ज विमानस्थलमा अकस्मिक अवतरण गरिएको छ। जहाजमा रहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि विमान आकस्मिक अवतरण गरिएको थियो। ‘धनगढीबाट काठमाडौंका लागि उडान नं. २५२ मा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरियो’ बुद्ध एयरले भनेको छ।
धनगढीबाट काठमाडौंका लागि उडान नं. २५२ मा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरियो । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको पनि व्यवस्था थियो । स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि उहाँ आफन्तका साथ बाहिर निस्कनु भयो ।
— Buddha Air (@AirBuddha) April 6, 2022







प्रतिक्रिया