१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एसईईको तयारी पूरा



२३ चैत्र ०७८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई) को तयारी पूरा भएको जनाएको छ। बोर्डका अनुसार सबै प्रक्रिया पुर्‍याई प्रश्नपत्र प्रदेशमा पठाइ सकिएको छ ।
परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय,शिक्षक र विद्यार्थीहरूमा बोर्डले आग्रह गरेको छ। यस वर्षको एसइई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदैछ।
सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसइई परीक्षा दिँदैछन्। यसै वर्षबाट एसइई सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।