
२३ चैत्र ०७८, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी कुटेका छन् ।
मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । हिजो मंगलबार नै हातपात गरेको भएपनि बुधबार मात्र बाहिर जानकारीमा आएको हो।
ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।







प्रतिक्रिया