१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मस्जिद जिर्णोद्वारको ठेक्का पाएको कम्पनी फरार



२४ चैत्र ०७८,काठमाडौँ । मस्जिद जिर्णोद्वारको ठेक्का पाएको एक कम्पनी काम नै नगरी सम्पर्कविहीन भएपछि पुरातत्व विभागले कारबाहीको चेतावनी दिएको छ ।तनहुँको भिमाद नगरपालिका–१० मा मस्जिद जिर्णोद्वारका लागि विभाग र वाइल्डस्टोन कन्स्ट्रक्सन ब्यासबीच ३ चैत ०७७ मा सम्झौता भएको थियो ।तर, थपिएको म्याद गुज्रिएको चार महिना वित्दा पनि निर्माणको काम ३० प्रतिशत मात्र सकिएको छ । निर्माणको काम पनि स्वीकृत ड्रइङ डिजाइनअनुसार नभइ त्रुटिपूर्ण रहेको विभागको भनाइ छ ।

काम सच्याएर थप काम अगाडि बढाउन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको भन्दै विभागले ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गर्ने चेतावनी दिएको हो । विभागले कम्पनीलाई ४ फागुनमा पत्राचार गरेको र १२ फागुनमा सार्वजनिक सूचना जारी गरिएको जनाएको छ । तर, ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि बिहीबार पुनः सार्वजनिक सूचना जारी गरेर सात दिने स्पष्टिकरण सोधिएको हो ।सम्झौता अनुसार १५ असार ०७८ मा काम सम्पन्न गर्नुपर्ने भए पनि २७ पुस ०७८ सम्म म्याद थपिएको थियो । उक्त म्याद पनि गुज्रिसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।