२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको हो



२४ चैत्र ०७८,काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहने बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताएका छन् । प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौंडाबाट नसर्ने उनले बताएका हुन् । उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे । मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दै प्रतिष्ठान हेटौंडाको गौरव भएकोले प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका हुन् । प्रतिष्ठानलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए ।

उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नसकेको आरोप लगाउँदै काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए । ‘हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन नसकिने अवस्था भएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको उनको भनाई छ ।

स्नातक तहका ३ विषयको कक्षा हेटौंडामा नै सञ्चालन भइरहेको र हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउने उनको दावी छ । उनले अफवाह र भ्रमको पछि नलाग्न आग्रह पनि गरे ।सरोकारवालाको मागअनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ । ‘प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको उनको भनाइृ छ । उनले प्रतिष्ठान स्थापनाकाल देखि ३ बर्षसम्ममा देखिएका समस्यालाई पनिअहिले समाधानको काम भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।