
२४ चैत्र ०७८,काठमाडौँ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनु भउको छ । उहाँले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणको लागि बहु क्षेत्रीय कार्य योजना सार्वजनिक करण कार्यक्रममा बोल्दै यसको नियन्त्रण तथा रोकथामका लागि सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर खानपान लगायत नसर्ने रोगको कारक बनेको मन्त्री खतिवडाको भनाई छ ।
माघमा स्वीकृत भएको बहु क्षेत्रीय कार्य योजना नसर्ने रोगको व्यवस्थापन तथा मानसिक स्वस्थयको अवस्थामा सुधार ल्याउन बलियो आधार भएको मन्त्री खतिवडाको भनाई छ । मन्त्री खतिवडाले यसको कार्यान्वयनका लागि सबै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनु भएको छ । उहाँले सबै नीतिहरूका मूल प्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीय स्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको खतिवडाले बताउनु भएको छ ।








प्रतिक्रिया