१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एएफसी फुटसल एसियन कप आज नेपाल उज्वेकिस्तानसँग भिड्दै



Football.

२७ चैत ०७८, काठमाडौं ।  आज एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्दैछ ।किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान १०।४५ बजे सुरु हुनेछ ।

छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ ।नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताए । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ुबीु मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।