१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या



२८ चैत ०७८, काठमाडौ । उदयपुरमा आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पत्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, कैलालीमा आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्ने महिलामा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगर रहेकी छन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।