
२८ चैत ०७८, काठमाडौँ । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। कोल्हबी नगरपालिका २ स्थित तामागढी साझेदारी वनमा एक जनामाथि बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार बिहान वनमा चार जना घाँस काट्न गएका थिए। त्यसक्रममा जितपुर सिमरा उपमहानगरपालिका १६ टागियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरलाई एक्कासि बाघले आक्रमण गरेको थियो।
उनका साथीहरूले होहल्ला गरेर बाघलाई भगाएको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते भएका मगरलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।







प्रतिक्रिया