१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्थानीय निर्वाचनमा उम्मेदवार छान्न एमालेमा मतदान




२८ चैत ०७८, तनहुँ । जिल्लाको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको हो ।
मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए भए । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरेका छन् । फेरी मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचिबाट बाहिरिएका छन् । मेयरका आकांक्षी भवानीशंकर लम्सालले पनि १० मत प्राप्त गर्दा सिफारिस हुने मौकासमेत पाएनन् ।
उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन् । पाँच जना उपमेयरमा आकांक्षी थिए । खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन् । उपमेयरमा इच्छा व्यक्त गरेका दिना गोतामे ३१ र पवित्रा थापा मगरले ४० मत मात्रै पाए ।

आकांक्षीकै सहमतीमा मतदान भएको नेकपा एमाले भिमाद नगर कमिटीका कार्यालय सचिव लालु थापाले बताए । ‘आकांक्षी धेरै हुनुभयो । सिफारिस थोरैको पठाउनुपर्ने । कोही पनि पछाडी हट्न नचाहोपछि मतदान भएको हो’, उनले भने । मतदानबाट कार्यकर्ताले अनुमोदन गरेका मेयर र उपमेयरका आकंक्षीको नामावली जिल्ला कमिटीमा पठाएको उनले जानकारी दिए ।
भिमादमा अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर उपमेयर सहित अधिक वडामा एमालले जित हासिल गरेको थियो । यसपाली भिमादमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी भर्सेस एमालेको भिडन्त हुने संकेत देखिन्छ । न्युज कारखाना

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।