१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत सामग्रीको चरम दुरुपयोग



२९ चैत ०७८, काठमाडौँ । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामिण क्षेत्रमा बिद्युत तार र खम्बा अपुग हुदाँ विजुली बल्न सकेको छैन् । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत खम्बा र तारहरुको चरम दुरुपयोग भएको पाइन्छ । जिल्लाको सिगास गाउँपालिका वडा न.७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत तारहरुले बार लगाइएको छ ।

स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत तारहरुहरुको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवजजावत गर्ने सबैले तारको दुरुपयोग प्रष्ट देख्छन् तर कोही बोल्दैनन् । खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत तारहरुबाट आरन व्यवसायीहरुले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाडाकुडा बनाउने गर्दछन् । सिगास ४मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।

उक्त तार स्थानीयतह हुनु पुर्व नै वैकल्पीक उर्जा प्रर्वधन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पुर्ण रुपमा बन्द भैसकेको छ । उक्त विद्युत सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरु ५बर्षमै कुहिएपछी तारको स्थानीयबासीले भाडाँकुडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् । यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरका लाथि छडको सट्टा विद्युतका खम्बाहरु प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत खम्बाहरुको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत पोलहरु तेर्साएर माटो हालेका छन् । २०७५मा स्थानीय तह र विद्युत प्राधिकरणको संयुक्त लगानीमा विद्युत आयोजना निर्माण हुदाँ उनि आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत सामग्रीको दुरुपयोग गरेको स्थानीयबासीको भनाई छ ।

यस्तै केही ठाउँमा ठेकेदारको लापरवाहीले गर्दा गाउँघरमा विद्युत तार र पोल पुगाइएको छ । तर, जडान गरिएको छैन् । तार, पोल तथा टान्सफर्मरहरु अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न। ५ र ६को विभिन्न खोलाहरुमा तार, पोल तथा मेसिनहरु अपलत्र छाडिएका छन् ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।