
३० चैत ०७८, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।राति प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।







प्रतिक्रिया