३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विस्का जात्रामा आज साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने 



३० चैत ०७८, काठमाडौं ।भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ ।

आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो ।  जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।