९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकै दिन ३२ ठाउँमा आगलागी, एकको मृत्यु, पाँच घाइते



फाइल तस्विर

३ चैत्र ०७९, काठमाडौं । गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ ।
प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका १० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।
यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । ती अगलागीका घटनामा झण्डै रु दुई करोडको क्षति भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।