
४ वैशाख ०७९, काठमाडौं। रौतहटको दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु र अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ।
लागेर घाइते उनको उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा भर्ना गरेकोमा त्यही मृत्यु भएको हो ।करेन्ट लागेर घाइते हुनेमा ३५ वर्षीया सिता देवी राउत, ३५ वर्षीया अनिता देवी राउत, ६५ वर्षीया मन्तोरिया देवी, ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।







प्रतिक्रिया