१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सप्तरीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु ,२ जना घाइते



४ वैशाख ०७९, काठमाडौं। शनिबार राति सप्तरीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। रुपनी गाँउपालिका ५ मुसहरनिय बसबिटीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराति साढे १० बजे, नियन्त्रण गुमाएर पल्टिएको थियो। घाइते चालक २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।