१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धादिङको रुवी भ्याली सेर्तुङमा पहिलोपटक पुग्यो एम्बुलेन्स, हर्षित स्थानीय



 

४ वैशाख ०७९, काठमाडौं। धादिङको रुवी भ्याली गाउँपालिकाको सेर्तुङमा रहेको ग्रामीण अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा आएको छ । यातायातको पहुँच पुग्न नसकेको जिल्लाको विकट क्षेत्र सेर्तुङमा अहिले सडक सञ्जाल पुगेपछि पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।

स्थानीय सरकार आएपछि निरन्तर सडक विस्तारको प्रयास गर्दा अन्तिम वर्षसम्म आइपुग्दा सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताए ।पहिले केही दुर्घटना वा विपदमा परेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने तथा अप्ठ्यारो परिस्थिति झेल्नुपर्ने बाध्यता अब हटेको उपाध्यक्ष विना लामाले बताइन् ।

सडक नपुग्दा स्थानीयबासीलाई खाद्यान्न लगायत आधारभूत सामानहरू घरसम्म लैजान खच्चर तथा लामो बाटो मान्छेले नै बोकेर लानुपर्ने समस्या थियो ।तर, अब यातायातको पहुँच पुगेसँगै धेरै सहज भएको स्थानीयले बताएका छन् । धेरै समय यातायातको पहुँच बाहिर रहेका सेर्तुङबासी अहिले गाउँमै सडक पुगेपछि खुसी भएका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।