
५ वैशाख ०७९, काठमाडौं। गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर(सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका छन्।
उनीहरूलाई गोरखा नगरपालिका ६ हरमटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामको टुक्रालाई पहेलो लेपन गरी सुन हो भन्दै कारोबार गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकाहरूलाई सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया