
५ वैशाख ०७९, काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानमा मेघ गर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







प्रतिक्रिया