२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुर महानगरको भत्केको सडकमा काँग्रेस उम्मेदवार चिरिवावुको विकासप्रेमी नारा (तस्विरहरु)



ललितपु्र खबर
२३ वैशाख ०७९, ललितपुर । विहीबार ललितपुरको झम्सिखेल सडकमा नेपाली काँग्रेसका उम्मेदवार चिरिवावु महर्जन नमस्कार गर्दै भोट माग्न आईपुगे । खाल्टै खाल्टा परेको सडकमा विकाशप्रेमी चिरिवावु महर्जनको नारा लाग्यो । कार्यकर्ताले जिन्दाबाद भने ।


पाँच वर्षअघि स्मार्टसिटी बनाउने घोषणा गरेर निर्वाचनमा होमिएका महर्जन पाँचवर्षपछि पनि उस्तै काल्टाखुल्टी सडकमा भोट माग्न निस्केका हुन् ।


सडकमा नारा लगाउन आएका उम्मेदवार महर्जनलाई भेट्न एक दुई घरबाहेक कोही आएनन् । झ्यालबाट नारा जुलुस हेर्ने मान्छे पनि देखिएनन् ।


निर्वाचन आचार संहिता विपरित जुलुसले सडक ढोकेको थियो । भीडले सडक अवरुद्ध बनेको थियो । माइक प्रयोग गरिएको थियो भने दर्जनौंले झण्डा बोकेका थिए । पर्चा बाडिएको थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।