२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरमा ताम्रकार फुटसलको चौथो संस्करण हुने


१४ भाद्र २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
१४ भदौं ०७६, पाटन । ताम्रकार समाजले चौथो फुटसल प्रतियोगिता आयोजना गर्ने भऐको छ । यही असोज ४ र ११ गते, ललितपुरको सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा विभिन्न आठ कम्पनीहरुको प्रायोजनमा टिम मैदानमा उतार्ने भएका हुन् । साठ्ठी भन्दा धेरै खेलाडीहरुले भाग लिने प्रतियोगिताका बिजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफीका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजनामा प्रायोजक कम्पनीहरुकै नामबाट टिमको नाम समेत कायम गरीएको छ । हालैएक कार्यक्रम गरी सहभागी खेलाडीहरुलाई गोला प्रथाद्वारा टिम छनौट गरीएको छ । प्रतियोगिताका लागिसाढे चार लाख खर्च लाग्ने बताइएको छ ।
चौथो ताम्रकार फुटसल प्रतियोगीता २०७६ मा प्रायोजन गरेका कम्पनीहरु बि.के. सुनचाँदी पसल, करुणामय मेटल क्राफ्ट, भैरवनाथ आइरण इण्डष्ट्रि, टेकम्याक्स टाइगर, दिल ह्याण्डीक्राफ्ट, गाइन्ज ग्यारेज, ताम्र मेटल वर्क तथा ओरियन इलेक्ट्रिकल छन् । करुणामय मेटल क्राफ्ट तेस्रो संस्करणका बिजेता हो ।
समाजमा भाइचारा अभिवृद्धि गर्न खेलकुद क्षेत्र एक उत्कृष्ट माध्यम भएको ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले बताए । प्रतियोगीतामा विभिन्न समाजका सदस्यहरुले समेत सहभागीताले प्रतियोगिताको महत्व बढेको उनको भनाई छ ।
समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा हुन गइरहेको यस प्रतियोगितामा महिला खुल्ला, भेट्रान तथा अण्डर १४ को खेलहरु पनि खेलाइने छ । उपसमितिका संयोजक सजेश ताम्रकारका अनुसार विगतको संस्करणहरुको सफलताले थप हौसला प्रदान गरेको र विगतका संस्करणहरुभन्दा यस पटक अझ उत्कृष्ट हुने उनले दावी गरे ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ७ : १५ बजे