२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु



फाइल फोटो

११ साउन ०७९, ललितपुर ।  ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।

मंगलबार राति नौ बजे बा ३ ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको हो ।

राईको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।