२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


झाँक्रीले पेटको विकार फालिदिने भन्दै ब्लेडले पेट चिरेर प्वाल पारिदिए


२५ भाद्र २०७६, बुधबार  

0
Shares

धादिङ नीलकण्ठ नगरपालिका–९ झगरेका राजु मगरको शरीरबाट विकार फालिदिने भन्दै झाँक्रीले पेटमा प्वाल पारिदिएका छन् ।

२ महिनादेखि जण्डिस लागेका मगरको उपचार गरिदिने भन्दै एक लामा झाँक्रीले उनको पेटमा प्वाल पारिदिएका हुन् ।

झाँक्रीले जण्डिस रोग निको पारिदिने विश्वासमा पर्दा मगर जीवनमरणको दोसाधमा पुगेका छन् । उनको पेटमा प्वाल परेपछि उपचारको लागि जिल्ला अस्पताल धादिङ लगिएको छ ।

मगरकी श्रीमती विमलाका अनुसार झाँक्रीले शरीरको विकार फालिदिने भन्दै बन्द कोठामा थुनेर ब्लेडले पेट चिरिदिएका थिए । सुरुमा सुई लगाएको जस्तो गरी केहि सामानले घोचेको र पछि ब्लेडले चिरेर त्यही घाउमा मुखले टोकिदिएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।