३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


खोकनामा नेपाल बंगलादेश बैंकको शाखा


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंकले ललितपुर जिल्लाको खोकनामा शाखा सञ्चालनमा ल्याएको छ । बिहीवार ललितपुरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुरू गरेको हो । नेतृ पम्फा भुसालले उक्त शाखाको उद्घाटन गरेकी हुन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाबारे जानकारी दिए । बैंकले सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले उक्त शाखा थप गरेको ढुंगानाले बताए । यस शाखाबाट सर्वसाधारणले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने उनको भनाइ छ । खोकना शाखा सञ्चालनमा आएसँगै बैंकले ९५ शाखा, ७ एक्स्टेन्शन काउन्टर तथा ७९ ओटा एटीएमबाट बैंकिङ सेवा दिने भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : १४ बजे